भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश « Khabarhub

भारतलाई हराउँदै न्यूजिल्याण्ड फाइनलमा प्रवेश


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको हो ।

म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा खेलमा न्यूजिल्याण्डले दिएको २सय४० रनको लक्ष्य पछ्याएको भारत २सय२१ रनमा समेटिएपछि न्यूजिल्याण्ड फाइनल पुगेको हो ।

भारतविरुद्ध न्यूजिल्याण्डका बलरहरुले कसिलो बलिङ गर्दा तुलनात्मक रुपमा बलियो मानिएको भारत पराजित भयो । मंगलबार भएको खेल वर्षाले प्रभावित भएपछि बुधबार खेलाइएको थियो । भारतीय अग्रपंत्तिका ब्याट्सम्यान चल्न नसकेपछि न्युजिल्यान्डले भारमाथि सहज जीत हात पारेको हो ।

भारतका लागि २सय२१ रन बनाउने क्रममा रविन्द्र जडेजाले ७७ रन बनाए भने महेन्द्रसिंह धोनी ५० रनमा आउट हुँदा रिसभ पन्त र हार्दीक पाण्ड्याले समान ३२ रन बनाएका थिए ।

ओपनिङ ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहली समान एक–एक रन बनाएर आउट भएपछि भारत दबाबमा थियो । न्यूजिल्याण्डका बलरले भारतलाई खेल भारी दबाबमा राख्दै आफूलाई हावी गरेको थियो ।

भारतविरुद्ध न्यूजिल्याण्डका माट हेनरीले ३ विकेट लिए भने मिचेल सेन्टनेर र ट्रेन्ट बोल्टले समान २–२ विकेट लिँदा लोकि फर्गुसन र जिम्मी निसामले समान एक–एक विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि २सय३९ रन बनाउउँदा रस टेलरले ७४ रन प्रहार गरेका थिए भने केन विलियमसनले ६७ रन बनाएका थिए । न्यूजिल्याण्डविरुद्ध भारतका भुवनेश्वर कुमारले ३ विकेट लिँदा जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युज्भेन्द्र चहालले समान एक–एक विकेट लिएका थिए ।

फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल जुलाई १४ मा लड्स क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : ३८ बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको