भोजपुर घटनाको वास्तविकता सार्वजनिक गर्न कांग्रेसको माग « Khabarhub

भोजपुर घटनाको वास्तविकता सार्वजनिक गर्न कांग्रेसको माग


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोजपुरमा बुधबार प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको उल्लेख गरेका छन् ।

मुलुकका विभिन्न स्थानमा यसअघि भएका र आजको घटनाले अव विषयलाई गम्भीर रुपमा लिन र समाधानको खोजी गर्न सरकार र विद्रोही दुवै पक्षलाई पर्याप्त दबाब बढाएको भन्ने कांग्रेसको अपेक्षा छ ।

कांग्रेसले विद्रोही विप्लव समूहलाई हत्याहिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः अपिल गर्दै विगतमा हिंसात्मक विद्रोहले अन्ततः त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य स्मरण गराएको छ ।

“संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्तामार्फत विश्वासमा लिने कर्तव्य सरकारको हो । हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ । सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको कांग्रेसले भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : २३ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन