बागलुङमा ‘एक घर, एक धारा’ आयोजना सञ्चालन « Khabarhub

बागलुङमा ‘एक घर, एक धारा’ आयोजना सञ्चालन


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- एक घर, एक धारा’ पुर्‍याउने लक्ष्यसहित गलकोट नगरपालिका–२ नरेठाँटीमा निर्माणाधीन ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजना’को काम तीव्र गतिमा भइरहेको छ ।

संघीय सरकारको रु २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुनेछ । दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बास्तोला निर्माण सेवाले आयोजना निर्माणको काम गरिरहेको छ ।

समितिका अध्यक्ष रुमबहादुर कुँवरका अनुसार २० घनमिटरको एउटा र १०÷१० घनमिटरका दुई वटा ट्यांकी बनिसकेका छन् । “५० घनमिटरको अर्को ट्यांकी निर्माणाधीन छ” उनले भने, “अहिलेसम्म २३ सय मिटर पाइपलाइन विछ्याइएको छ ।” ट्यांकी निर्माण र पाइप विछ्याउने काम धमाधम भइरहेको उनको भनाइ छ । आवश्यकता अनुसार थप ट्यांकी निर्माण हुनेछन् ।

सिङ्गो वडाभरि रहेका पानीका मुहानलाई केन्द्रित गरी आयोजनामार्फत घर/घरमा वितरण गरिनेछ । केही ठाउँमा मुहानको कामसमेत सकिएको छ । आयोजना बनेपछि वडाका ६५० घरधुरीमै खानेपानीको सहज पहुँच पुग्ने वडाध्यक्ष हेमन्त भण्डारीले बताए । “आयोजनाले एक घर, एक धाराको लक्ष्य पूरा गर्छ” उनले भने, “कामले गति लिएको हुँदा आयोजना समयमै पूरा हुनेमा हामी विश्वस्त छौँ ।”

संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत रहेको आयोजनाको लागत थप बढ्नसक्ने जनाइएको छ । बजेटका कारण काममा ढिलाइ हुने अवस्था नरहेको समितिका अध्यक्ष कुँवरले बताए । निर्माणको चरणमा भइरहेको कामको जाँच तथा अनुगमनको लागि सरकारी निकायबाट इञ्जिनीयर खटिएका छन् ।

खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी आयोजना शुरु भएपछि हर्षित छन् । गाउँलाई लक्षित गरी ठूलो खानेपानी आयोजना सञ्चालन हुनु वडाकै लागि गर्वको विषय भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । आयोजना बनेपछि वडाका सबै बस्तीमा खानेपानीको सहज सुविधा पुग्नेछ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ३५ बजे

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै