विमलको गोलले जित्यो टिसीले « Khabarhub

विमलको गोलले जित्यो टिसीले


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा टीसीले निलान्धो स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । टीसीको जितमा विमल घर्ती मगर र इशान इब्राहिमले एक एक गोल गरे । टिसीले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको १२ औं मिनेटमा विमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा इशानले गोल गर्दै टिसीलाई २-० को जित दिलाए ।

खेलमा विमल म्यान अफ दि म्याच समेत चुनिए ।

जितसंगै टिसीले ७ खेलबाट १२ अंक जोडेको छ । टिसी चौंथो स्थानमा रहेको छ । पराजित निलान्धो ८ खेलमा अंकबिहीन रहेको छ । निलान्धो पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : १९ बजे

आज पोखरामा कांग्रेसको आमसभा

पोखरा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

गाईभैँसीमा थुनेलो रोग

पर्वत– भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय