सुरक्षा पोष्ट राखेको भन्दै विरोध « Khabarhub

सुरक्षा पोष्ट राखेको भन्दै विरोध


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर बाटोबाट व्यापारीले यार्सागुम्बा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा कार्यालय स्थापना गर्दा विरोध भएको हो ।

निकुञ्जले शे फोक्सुण्डो गाउँपालिकामा पर्ने दानिगाड, साल्दाङको निजाल र डोल्पोबुद्वको धोमा अस्थायी सुरक्षा कार्यालय स्थापना गरेलगत्तै विरोध शुरु भएको हो । यही नाका हुँदै वर्षेनी बिना छोडपूर्जी र सङ्कलन इजाजतपत्र तथा राजश्व नलिएर उपल्लो डोल्पा र उत्तरी तिब्बत्बीचको सिमा नाकामा पर्ने क्याटो र मोरिम्ममा लगेर व्यापारीले बहुमूल्य जडीबुटी यार्सागुम्बाको व्यापार गरेको सूचना पाएपछि सुरक्षा कार्यालय स्थापना गरिएको थियो ।

प्रक्रिया पूरा नगरी अवैध बाटोबाट व्यापारीले कारोवार गर्न थालेपछि सो रोक्न निकुञ्जले यस्तो गरेको छ । क्याटो र मोरिम्ममा भदौ १ देखि १५ गतेसम्म अस्थायी रुपमा हाटबजारका लागि नाका खुल्ने मौका छोपी अवैध कारोवार हुने भन्दै सुरक्षा कार्यालय स्थापना गरिएको निकुञ्जले जनाएको छ । विगत वर्षमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको कडा सुरक्षा दिएर यार्सागुम्बाको व्यापार हुँदै आएको शे फोक्सुण्डो निकुञ्जको कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल खनालले बताए।

डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले विगतमा व्यवहारिक रुपमा निकुञ्जले पनि छाडेको र स्थानीय प्रशासनले पनि लचकता अपनाएको उल्लेख गदै यसवर्ष पनि व्यावहारिक रुपमा हेर्न निकुञ्जलाई आग्रह गर्दा पनि नमानेपछि केही विवाद भएको बताए । स्थानीय प्रशासन र निकुञ्ज कार्यालय र व्यापारीको छलफलमा सहमति नभएपछि समस्या समाधानका लागि केन्द्रमा पठाइएको उनले जानकारी दिए ।

पुराना यार्सा व्यापारी नगेन्द्र बुढाथोकीले ठूला व्यापारीलाई राजश्व तिरेर लैजान समस्या नभएको तर स्थानीय आफ्नै कमाइले सङ्कलन गरेका साना व्यापारीलाई भने मर्का पर्ने बताए । निकुञ्जले आर्थिक वर्ष ०७५/७६ मा पाँच करोड ७१ लाख ९१ हजार राजश्व उठाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  १२ : ४१ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते