मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने « Khabarhub

मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ ।

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्र्याक खोल्न करीब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्र्याक खेल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए। पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्र्याक खोल्ने काम शुरु गरिएको छ । उनले भने, ‘ट्र्याक खोल्ने ठाउँमा ठूलो ढुङ्गाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ, तत्कालका लागि अस्थायी ट्र्याक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ ।’

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् ।

यसैगरी लोकमार्गको पर्वत खण्डमा दुई महीनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मतलगायतका काम शुरु गरिएको प्रमुख थापा मगरले बताए।

वर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भिरमा जुनसुकैबेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वतखण्डमा पर्ने कुस्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुलदेखि गिरीचोकसम्मको खण्ड पहिरोको उच्च जोखिममा छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  १२ : ४८ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव