भोजपुरको याकु प्रदेश १ कै पहिलो पूर्ण संस्थागत प्रसुती वडा « Khabarhub

भोजपुरको याकु प्रदेश १ कै पहिलो पूर्ण संस्थागत प्रसुती वडा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लाको पूर्वी अरुण गाउँपालिका वडा नं. ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसुती गराएकाले एक कार्यक्रमको आयोजना गरि वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको हो ।

साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमको बीच पूर्व संविधान सभाका सदस्य लोकमणी ढकालले प्रदेश नं. १ मै पहिलो पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरे ।

आर्थिक वर्ष २०७५/७६ मा ६१ जना महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिष्टेन्ट भोजराज भण्डारीले बताए । त्यसमा ५ नं. वडा भित्रका मात्र ३७ जना गर्भवतीमध्ये ३६ जनाले यहि स्वास्थ्य संस्था र वाँकी १ जनाले धनकुटा अस्पतालमा गएर प्रसुती गराएका छन् ।

कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविकाहरु, लगायत सरोकारवालाहरुको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाहरुको स्वास्थ्य सुरक्षाको लागि आफूहरुले विशेष योजना बनाएर काम गर्ने बताए । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केहि रकमसहितको प्याकेज पनि दिंदै आएको छ ।

दक्ष जनशक्ति, भौतिक लगायतका उपचारका चाहिने सामग्रीको पर्याप्तता लगायतका कारण विगत १० वर्षदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमुना स्वास्थ्य संस्थाको रुपमा परिचित छ । यसले पटकपटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ ।

आफ्नो वडा बाहेक पौवादुङ्मा गाउँपालिका १ र ३ नं. वडाबाट पनि उपचार सेवा लिन बिरामीहरु आउने गरेको स्वास्थ्य संस्थाले जनाएको छ । स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको जनशक्ति, विशेष प्रसुती तालिम लिएका २ जना स्वास्थ्यकर्मी, गर्भवतीको विशेष जाँचको लागि भिडियो एक्सरे मेशिन, बच्चा जन्मिएपछि तातोमा राख्ने मेसिन, अक्सिजन लगायतका साधनहरु पर्याप्त भएकाले पनि सेवाग्राहीहरुको आकर्षण बढेको स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष ध्यानबहादुर राई बताउँछन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  १ : ५२ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते