राजनीतिक परिवर्तनलाई कसैले उल्ट्याउन सक्दैन–प्रचण्ड « Khabarhub

राजनीतिक परिवर्तनलाई कसैले उल्ट्याउन सक्दैन–प्रचण्ड


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका हुन् । परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उनले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताए ।

“जनतामा राजनीतिक सामाजिक जागरण सहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन’ प्रचण्डले भने,‘ इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाचडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याईने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन । ”

अध्यक्ष प्रचण्डले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच, संरचना, मूल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औल्याए ।

प्रचण्डले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठुलो भूमिका रहेको भन्दै प्रभावकारी भुमिका निर्वाहका लागि आग्रह गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ३ : १९ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला