आगामी भदौ १९ देखि काठमाडौंमा एसएमई फेयर हुने « Khabarhub

आगामी भदौ १९ देखि काठमाडौंमा एसएमई फेयर हुने


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साना तथा मझौला व्यवसायी महासंघ नेपालले आगामी भदौ १९ गते देखि राजधानीमा एसएमई फेयर २०१९ गर्ने भएको छ ।

महासंघले शनिबार पत्रकार सम्मेलन गरि एसएमई फेयर २०१९ बारे जानकारी गराएको हो । विश्व पर्यटन दिवसको सन्र्दभ पारेर महासंघले फेयर आयोजना गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ १९ देखि २३ गते सम्म हुने एसएमई फेयर २०१९ मा हस्तकला, काष्ट निर्मित, श्रृंगार, अल्लो र ढाकाका कपडा, छ्वाली, बाँसबाट निर्मित सामाग्रीको साथै खाद्य परिकारका १ सय स्टल रहने छन् । प्रर्दशनीमा विभिन्न संस्कृति झल्किने झाँकीको साथै ख्यातीप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम पनि गरिने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष बाबुकाजी महर्जनले महासंघ संग आवद्ध भएका व्यवसायीहरुको उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रर्दशनीमा सकेसम्म वस्तु विविधतालाई प्राथमिकता दिईने बताए ।

महासंघले प्रर्दशनीमा सहभागी व्यवसायीहरुलाई चिनको हाईनानमा रहेको स्थायी बिक्री केन्द्रमा स्टल राख्नका लागि प्राथमिकता दिने जनाएको छ । हाईनान फाया फाया इन्भेष्टमेण्ट कम्पनी चाईनाले महासंघलाई हाईनन प्रान्तको बोआयो शहरमा १ सय भन्दा बिक्री केन्द्र (स्टल) निःशुल्क उपलब्ध गराएको छ ।

बोआयोमा निःशुल्क प्रदान गरिएको १ सय वटा बिक्री केन्द्र (स्टल)ले नेपालका व्यवसायीलाई आफ्ना उत्पादनको बजार प्रवद्र्धन र अन्तर्राष्ट्रियकरणका लागि ठूलो मद्दत पुर्‍याउने विश्वास महासंघका अध्यक्ष महर्जनले व्यक्त गरे ।

समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन एक घर, एक व्यवसाय प्रति प्रतिबद्ध भई व्यवसायीक एकतालाई मजबुत बनाउदै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विस्तार गर्दै आएको छ । महासंघको नेतृत्वमा समय समयमा व्यवसायीहरु अन्तर्राष्ट्रिय प्रर्दशनीहरुमा सहभागी भई आफ्ना उत्पादनको बजार प्रर्वद्धन पनि गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ४ : २५ बजे

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि