तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु « Khabarhub

तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ६० जनाको मृत्यु


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार ए सलाम– अफ्रिकी मुलुक तान्जानियामा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तीमा ६० जना मारिएका छन् ।

मोरोगोरो क्षेत्रमा भएको दुर्घटनामा अरु ७० भन्दा धेरै घाइते भएका छन् । ट्यांकर विष्फोट भएको क्षेत्र तान्जानियाको सबैभन्दा ठूलो शहर दार एस सलामदेखि २० किलोमिटर टाढा पर्छ ।

प्रहरीले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दालगायत खटिएको जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने आँकलन गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो । ट्यांकर पल्टेर चुहिरहेको इन्धन जम्मा पार्न स्थानीयहरु भेला भएका बेला ट्यांकर विष्फोट भएको बताइएको छ ।

ट्यांकर विष्फोट हुने बेला स्थानीयहरु तेल जम्मा पार्न भेला भएका कारण ठूलो मानवीय क्षति भएको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ७ : ४९ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका