पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग एक महिनापछि खुल्यो « Khabarhub

पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग एक महिनापछि खुल्यो


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध बनेको सिद्धिचरण लोकमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोका कारण असार २६ गतेदेखि अवरुद्ध भएको सडक शनिबारदेखि सुचालु भएको हो ।

बेतेनी–घुर्मीखण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभञ्ज्याङ र लप्सेको भिरसहित दर्जन बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध भएको थियो ।

कटारी–घुर्मी सडकखण्डको ठाँटीभञ्ज्याङमा भएको अवरोध हटेसँगै सवारी साधन सञ्चालन भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाइजर कुमार प्याकुरेलले बताए ।

ठाँटीभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकाले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सञ्चालन गरिएको प्याकुरेलको भनाइ छ ।
सडक सञ्चालन भएसँगै उदयपुरको कटारी हुँदै तराईबाट ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु आवतजावत गर्ने साना तथा ठूला सवारी सञ्चालनमा आएका छन् ।

कटारी–घुर्मी सडकखण्ड अवरुद्ध खुलेसँगै प्रदेश–१ को माथिल्लो तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धनलगायत सामग्री ढुवानी शुरु भएको छ । यी तीन जिल्लाका लागि आवश्यक खाद्यान्न, इन्धनलगायतका सामग्री सिद्धिचरण लोकर्मागबाटै भित्रिने गर्दछ ।

सिद्धिचरण लोकमार्ग तीन जिल्लालाई तराई तथा प्रदेश राजधानी विराटनगरसँग जोड्ने मुख्य मार्ग हो । अवरुद्ध हुँदा यी तीन जिल्लामा बर्दिवास–सिन्धुली–खुर्कोट हुँदै सामान तथा यात्रु आवतजावत गर्नुपर्ने बाध्यता थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ०३ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते