कर्फ्यूबीच जम्मू कश्मीरमा प्रदर्शन « Khabarhub

कर्फ्यूबीच जम्मू कश्मीरमा प्रदर्शन


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ‘३७० र ३५ ए’ खारेज गरिएपछि कश्मीरमा विशाल प्रदर्शन भएको छ ।

सरकारले सो क्षेत्रमा कर्फ्यू लगाएपनि कर्फ्यू तोडेरै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् । बेलायती समाचार संस्था बीबीसीले उक्त प्रदर्शनको भिडियो सार्वजनिक गरेको हो ।

हाल सो क्षेत्रमा इन्टरनेट, टेलिफोन लगायतका सञ्चारसामग्री बन्द रहेका कारण त्यहाँ जारी गतिविधिबारे विस्तृत विवरण सार्वजनिक हुन सकेको छैन ।

प्रदर्शनकारीले भारतविरोधी नाराबाजी गरेको बताइएको छ ।

यद्यपि बीबीसीले भिडियो सार्वजनिक गर्दै त्यहाँ भएको प्रदर्शनमा सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ८ : ०५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति