आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढ्यो– मन्त्री बाँस्कोटा « Khabarhub

आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढ्यो– मन्त्री बाँस्कोटा


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोटमा शनिवार सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा उनले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताए ।

उनले भने, “ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने ?” विकास पृथ्वी र मावनजातीको हितका लागि भएकाले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो सङ्कट आउने उनको भनाइ छ ।

सञ्चारमन्त्री बाँस्कोटाले ठूला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताए ।

मानिसमा आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको बताउँदै मन्त्री बाँस्कोटाले भने “मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट मानिस अव माथि उठ्नुपर्छ ।”

मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा जोड दिँदै उनले सडकको दायाँबायाँ पनि फलफूलका बिरुवा रोप्न सकिने बताए । कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले अवका तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीका सबै समस्या समाधान हुने दाबी गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  १० : ०९ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक