धम्पुसको एकीकृत विकास गुरुयोजना तयार « Khabarhub

धम्पुसको एकीकृत विकास गुरुयोजना तयार


२५ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–कास्कीको उत्तर पश्चिममा अवस्थित पर्यटकीय धम्पुस गाउँको पर्यटन, खेलकूद, कृषिसहित समग्र पक्षको एकीकृत विकासको गुरुयोजना तयार गरिएको छ ।

पर्यटकीय गाउँका रुपमा स्वदेश तथा विदेशमा परिचित माछापुच्छ्रे गाउँपालिका–७ मा कृषि, पदयात्रा मार्ग, शिक्षा, स्वास्थ्य र खेलकूदको विकास गरेर पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले वडाले गुरुयोजना निर्माण गरेको हो ।

गत वर्ष धम्पुस र बेलायतको वेल्स राज्यको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापनासँगै यस ठाउँको प्रवद्र्धन र आर्थिक उन्नयनमा सहयोगी भएको बताइन्छ ।

अन्तरिक्ष विज्ञान तथा जियोमेट्रिक्स अध्ययन केन्द्र पश्चिमाञ्चल इञ्जिनीयरिङ क्याम्पस लामाचौरको सहयोगमा तयार गरिएको गुरुयोजनामा चर्चित अन्नपूर्ण पदयात्रा मार्ग तथा मर्दी हिमाल ट्रेकको प्रस्थान विन्दु धम्पुसको फेदीबाट पोथनासम्मको पर्यटकीय पैदलमार्ग, सांस्कृतिक ग्राम निर्माण, लालीगुराँस उद्यान तथा जमीन चक्लाबन्दी गरी आधुनिक खेतीसम्मलाई समेटिएको छ ।

विसं २०४६ मा पोखरा बाग्लुङ राजमार्ग निर्माणपछि धम्पुसमा पर्यटक आवागमनमा वृद्धि भएको छ । राजमार्गको धम्पुस फेदीबाट शुरु हुने चर्चित अन्नपूर्ण पदयात्रा धम्पुस, पोथना, प्रितम देउराली हुँदै अन्नपूर्ण आधार शिविरसम्म छ । यही बाटो हुँदै देउराली, फरेष्ट क्याम्प, लो क्याम्प हँुदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल वेसक्याम्प पुग्न सकिन्छ ।

पर्यटक बढेसँगै स्थानीयले सोही समयबाट नै स्तरीय होटल तथा रेष्टुरेन्ट खोल्नेक्रम शुरु गरेका थिए । हिमश्रृङ्खला, तालतलैया तथा लालीगुँरासको दृश्यावलोकनका लागि यो ठाउँ प्रख्यात छ । केन्द्रका प्रमुख डा कृष्णप्रसाद भण्डारी नेतृत्वको टोलीले दुई महीना लगाएर तयार गरेको गुरुयोजनामा धम्पुस फेदी, घट्टेखोला, नौडाँडा र पोथनामा यहाँका पर्यटकीयस्थलका बारेमा सचित्र वर्णनसहितको नक्सा राखेर पर्यटन विकास गर्ने उल्लेख छ । राजमार्गको फेदी र घट्टेखोलाबाट उकालो लागेपछि पदयात्रा शुरु हुने भएकाले यसबाट पर्यटकलाई सहज हुने विश्वास गरिएको छ ।

अन्नपूर्ण हिमश्रृङ्खला, लमजुङ हिमालदेखि पोखरा क्षेत्रको दृश्यावलोकनका लागि जामुनेमा एउटा दृश्यावलोकनस्थल निर्माण गर्ने र पदायात्रा मार्गका वरिपरि अशोका र धुपीका बिरुवा रोपेर थप आकर्षक बनाउने गुरुयोजनामा छ । एक हजार ६०० मिटर उचाइमा अवस्थित सुन्दरी डाँडामा सेमी हाइहल्टिच्युड रङ्गशाला निर्माण गर्ने, धम्पुस पोखरी र कोटगाउँलाई जोडेर सांस्कृतिक ग्राम तथा वडा कार्यालय माथिको जङ्गल क्षेत्रमा लालीगुराँस उद्यान बनाउने योजना छ ।

पोखराबाट २० किमीको दुरीमा सबैभन्दा नजिक लालीगुराँस पाइने क्षेत्रका रुपमा धम्पुसलाई लिने गरिएको छ । फेदीबाट शुरु भएको पदयात्रा धम्पुस बजारभन्दा माथि पुगेर इको पार्कमा जोडिन्छ । त्यहाँ रहेको दृश्यावलोकन स्थलबाट पनि हिमश्रृङ्खलाको प्रष्टसँग देख्न सकिन्छ ।

गङ्गा जमूना उद्यानमा तीन वटा दृश्यावलोकन स्थल बनाउने योजना प्रस्तुत गरिएको छ भने पर्यटकीय आकर्षणको केन्द्र अष्ट्रेलियन क्याम्प र पोथाना छुट्ने दोबाटोमा पनि उद्यान निर्माणको योजना छ । धम्पुसलाई कृषि पर्यटनसँग जोड्न भार्ने, झग्रे, जामुने र मूलपानीमा जग्गाको चक्लाबन्दी गरी खेती गर्ने गुरुयोजनामा उल्लेख छ । यहाँको चार हजार २०२ हेक्टर जमीनमध्ये ७९२ हेक्टर जमीन कृषिका लागि उपयुक्त रहेको बताइन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : ३४ बजे

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ– इस्लामावादस्थित नेपालको राजदूतावासले शुक्रबार ‘विश्वको सर्वोच्च शिखर सगरमाथा :

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

कीर्तिपुर– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी