सरुवा रोग विशेषज्ञ डाक्टर पुन भन्छन्– डेंगुको संक्रमण अझै तीन महिना रहन सक्छ, सचेत बनौं | Khabarhub Khabarhub

सरुवा रोग विशेषज्ञ डाक्टर पुन भन्छन्– डेंगुको संक्रमण अझै तीन महिना रहन सक्छ, सचेत बनौं


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभर डेंगुको संक्रमण बढेपछि जनमानसमा त्रास उब्जिएको छ । तर समयमै उपचार गरे डेंगु सहजरुपमा निको हुने चिकित्सकहरु सुझाउँछन् । डेंगुको लक्षण देखिना साथ अस्पताल गएर उपचार गर्न चिकित्सकको सुझाव छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले डेंगु हुँदैमा आत्तिहाल्नु पर्ने अवस्था नहुने बताए । डा. पुनले लक्षण देखिनासाथ अस्पताल पुगेर परीक्षण गरी औषधि सेवन गरे यो रोग सहज रूपमा निको हुने बताए ।

देशभर डेंगुको प्रकोप बढेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा बिरामीको चाप बढेको छ । दैनिक ३ सयभन्दा बढी बिरामीहरु डेंगुको आशंकामा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्ने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा पुन बताउँछन् ।

‘अहिले डेंगुको संक्रमणले मानिसहरु त्रतिस बनेका छन् । शुक्रराज अस्पतामा बिरामीहरुको निकै भीड लागिरहेको छ,’ डा पुनले भने, ‘डेंगुको आशंकामा अस्पताल आउनेमध्ये आधा बिरामीमा संक्रमण पनि देखिएको छ, परिवारभित्रकै धेरै सदस्यमा डेंगुको समस्या भएर अस्पताल धाइरहेका छन् ।’

सरकारले डेंगु नियन्त्रणका लागि अभियानहरु शुरु गर्दै गरे पनि डेंगुका बिरामी अझै बढ्न सक्ने डा पुनको भनाइ छ । डा पुनका अनुसार डेंगुको प्रकोप अझै तीन महिनासम्म रहन सक्छ ।

‘डेंगुको प्रकोप जताजतै देखिएको छ, अझै दुई देखि तीन महिनासम्म प्रकोप देखिने सम्भावना छ,’ डा पुनले भने, ‘अब दशैं पनि नजिकिँदै छ दशैंको समयमा आवतजावत धेरै हुने भएकाले दशैंमा पनि प्रकोप देखिन सक्ने सम्भावन छ, त्यसैले समयमै सचेत हुनुपर्छ ।’

डेंगु भएको कसरी थाहा पाउने ?

  • –एक्कासी उच्च ज्वरो आउनु,
  • –लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,
  • –असाध्यै टाउको दुख्नु,
  • –आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,
  • –ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,
  • –शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

  • –डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,
  • –पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्नुपर्छ,
  • –पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,
  • –कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,
  • –फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,
  • –एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,
  • –सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,
  • –लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।
  • –घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • –घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ३६ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा