एसीसी यु–१९ एसिया कप युएईविरुद्ध नेपालका ओपनरद्वय शून्यमै आउट, १२ ओभरमा ४५ रन « Khabarhub

एसीसी यु–१९ एसिया कप युएईविरुद्ध नेपालका ओपनरद्वय शून्यमै आउट, १२ ओभरमा ४५ रन


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्सविरुद्ध मध्यम शुरुवात गरेको छ ।

श्रीलंकाको एफटिजेड स्पोट्स कम्प्लेक्समा भइरहेको खेलमा १२ ओभर सकिँदा नेपाली टोलीले २ विकेट गुमाएर ४५ रन मात्रै बनाउन सकेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाली टोलीले ओपनर ब्याट्सम्यान द्वय रित गौतम र पवन शरार्फलाई शून्यमै गुमाउनु पर्यो ।

ओपनर रनको खाता नै नखोलि आउट हुँदा टिम केही दबाबमा छ । ताजा अवस्थामा नेपालका ब्याट्सम्यान आसिफ शेख र कप्तान रोहित कुमार पौडेल क्रिजमा छन् ।

आसिफले २६ रनमा खेलिरहँदा रोहितले १६ रन बनाएर खेलिरहेका छन् ।

नेपालविरुद्ध युएईलाई शुरुवाती सफलता दिलाउने सञ्चित शर्मा र आकाश ताहिरले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ३९ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने