एसीसी यु–१९ एसिया कप युएईविरुद्ध नेपालका ओपनरद्वय शून्यमै आउट, १२ ओभरमा ४५ रन « Khabarhub

एसीसी यु–१९ एसिया कप युएईविरुद्ध नेपालका ओपनरद्वय शून्यमै आउट, १२ ओभरमा ४५ रन


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्सविरुद्ध मध्यम शुरुवात गरेको छ ।

श्रीलंकाको एफटिजेड स्पोट्स कम्प्लेक्समा भइरहेको खेलमा १२ ओभर सकिँदा नेपाली टोलीले २ विकेट गुमाएर ४५ रन मात्रै बनाउन सकेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाली टोलीले ओपनर ब्याट्सम्यान द्वय रित गौतम र पवन शरार्फलाई शून्यमै गुमाउनु पर्यो ।

ओपनर रनको खाता नै नखोलि आउट हुँदा टिम केही दबाबमा छ । ताजा अवस्थामा नेपालका ब्याट्सम्यान आसिफ शेख र कप्तान रोहित कुमार पौडेल क्रिजमा छन् ।

आसिफले २६ रनमा खेलिरहँदा रोहितले १६ रन बनाएर खेलिरहेका छन् ।

नेपालविरुद्ध युएईलाई शुरुवाती सफलता दिलाउने सञ्चित शर्मा र आकाश ताहिरले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  १० : ३९ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,