प्रदेशका मन्त्रीको गुनासो– अस्पतालमा काम गर्न कर्मचारी नै छैनन् « Khabarhub

प्रदेशका मन्त्रीको गुनासो– अस्पतालमा काम गर्न कर्मचारी नै छैनन्


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताएकी छन् ।

अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले मंगलबार दमौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पुनले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताइन् ।

मन्त्री पुनले कर्मचारी समायोजनका क्रममा धेरै कर्मचारीले सङ्घ रोजेका कारण प्रदेशमा कर्मचारी अभाव भएको उल्लेख गर्दै जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्यमन्त्रीसँग पटक–पटक छलफल गरेपनि समस्या समाधान हुन नसकेको बताइन् ।

‘धेरै अस्पतालहरुमा कर्मचारी रिक्त छन्, कर्मचारीको व्यवस्थापनमा सरकारलाई समस्या परिरहेको छ,’ उनले भनिन्, ‘भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ ।’

दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले कर्मचारी अभावकै बीचमा पनि आफूहरुले जनतालाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउँदै अस्पतालमा सरकारीतर्फ २४ को दरबन्दी भएपनि हाल १८ जना र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : २२ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको