गण्डकी प्रदेशमा डेंगु रोगीको संख्या एक हजार नाघ्यो « Khabarhub

गण्डकी प्रदेशमा डेंगु रोगीको संख्या एक हजार नाघ्यो


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा डेङ्गु रोगीको सङ्ख्या एक हजार १४ पुगेको छ । तीमध्ये ७९४ पोखरा महानगरपालिकाका बिरामीका साथै तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीका गरी एक हजार १४ डेङ्गुबाट सङ्क्रमित भएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । ४१ दिनको अवधिमा सो सङ्ख्याका मानिस डेङ्गुबाट पीडित भएका हुन् ।

सोमबार साँझसम्म उक्त प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा उपचार गराउने सो सङ्ख्याका बिरामी पुगेको पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको थियो । उक्त रोगको लक्षण देखिएपछि कम्तीमा एक साता अस्पतालमा भर्ना भएर उपचार गराउनुपर्ने र क्रमिकरूपमा सुधार हुँदै गएपछि बिरामीलाई चिकित्सकको निगरानीमा घरमै बसेर उपचार गराउन थालिएको महाशाखा प्रमुख शर्माले जानकारी दिए ।

एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने सो रोगबाट यस प्रदेशमा कसैको मृत्यु नभए पनि रोगीको सङ्ख्या वृद्धिले गर्दा सर्वसाधारणमा त्रासको वातावरण देखिएको छ । उक्त रोगलाई नियन्त्रण गर्नाका लागि पोखरा महानगरपालिकाले व्यापकरूपमा जनचेतनाका अभियानका साथै लामखुट्टेको बासस्थानलाई नष्ट पार्ने कार्यलाई अभियानको रुपमा लिएको छ ।

अभियानअन्तर्गत पोखरा महानगरपालिकाले प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा घर–घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्ने उपायका साथै लामखुट्टेको बासस्थानलाई नष्ट गर्ने विषयमा जागरुकता फैलाउन कर्मचारीहरु खटाइसकेको छ ।

डेङ्गु रोगको उपचारमा संलग्न रहनुभएका डा भोजराज गौतमले २० देखि ३० डिग्रीको तापक्रममा डेङ्गुको सङ्क्रमण हुने देखिएकाले असोज महिनासम्म यो रोगको प्रभाव रहनसक्ने र यसबाट बच्नका लागि एडिस जातको लामखुट्टेको बासस्थानलाई नै नष्ट गर्न तदारुकता अपनाउनुपर्ने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ३ : १७ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ