रेडियो नेपालमा पत्रकार महासंघको धर्ना « Khabarhub

रेडियो नेपालमा पत्रकार महासंघको धर्ना


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तथा वृद्धि भएको न्यूनतम पारिश्रमिकको पूर्ण कार्यान्वयनलगायतका माग गर्दै मंगलबारदेखि रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा आन्दोलन सुरु गरेको छ ।

महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीन जना श्रमजीवी पत्रकारलाई पुनर्बहाली गर्न पनि माग गरेको छ ।

वार्ता र संवादबाट समस्या समाधानमा रेडियो नेपाल व्यवस्थापनले चासो नदिएपछि महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिले आन्दोलन थालेको हो । आन्दोलनको पहिलो दिन रेडियो नेपाल परिसरमा आधा घण्टा धर्ना दिनुका साथै श्रमजीवी पत्रकार ऐन लागू गर, न्यूनतम पारिश्रमिक लागू गर र दिपायल प्रसारण केन्द्रबाट निष्काशित तीन जना श्रमजीवी पत्रकारको सेवालाई निरन्तरता देऊ लेखिएको कालो ब्यानर टाँसिएको छ ।

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारभित्र रहेको रेडियो नेपालमा धर्नाका साथै केहीबेर नाराबाजी समेत गरेका थिए । धर्नालाई सम्बोधन गर्दै सचिव दाहालले रेडियो नेपाल व्यवस्थापनले महासंघको आग्रह नसुनेर आन्दोलन निम्त्याएको भन्दै अझै माग सम्बोधन नभए तालाबन्दीसहितका कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए ।

सरकारी संचारमाध्यमको व्यवस्थापनले श्रमजीवी पत्रकार ऐन नमान्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने र श्रम शोषण गर्ने परिस्थितिको अन्त्य गर्न रेडियो नेपालमा आन्दोलन गरिएको उनको भनाइ थियो ।

नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाँल लगायतले माग सम्बोधन गर्न रेडियो नेपालसँग माग गरे ।

रेडियो नेपालले श्रमजीवी पत्रकार ऐन तथा गत कात्तिक १ गतेदेखि लागू भएको न्यूनतम पारिश्रमिक उपलब्ध गराएको छैन । यस्तै, महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई बिना कारण निष्कासन गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ४ : २६ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको