एलजीले ल्यायो डबल डिस्प्लेसहितको स्मार्टफोन, ३६० डिग्री घुम्ने « Khabarhub

एलजीले ल्यायो डबल डिस्प्लेसहितको स्मार्टफोन, ३६० डिग्री घुम्ने


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विद्युतीय उकरण निर्माता कम्पनी एलजीले दुईवटा स्क्रिन भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ‘एलजी जी ८ एक्स थिन क्यू’ स्मार्टफोन जर्मिनीको बर्लिनमा चलिरहेको आईएफए २०१९ ट्रेड शोमा पहिलो पटक सार्वजनिक गरेको हो ।

दुई वटा स्क्रिन भएको यो मोबाइलको विशेषता भनेको आवश्यकताअनुसार यी दुई स्क्रिनलाई अलग गर्न पनि सकिन्छ । दुई स्क्रिनलाई एक विशेष किसिमको कभरको मद्दतमा टाइप– सी यूएसबी पोर्टमार्फत एकापसमा जोडिएको छ ।

यो नयाँ मोबाइलको बिक्री आगामी वर्ष अर्थात सन् २०२० बाट हुने बताइएको छ । यसको बिक्री मूल्यबारे अहिले कम्पनीले कुनै जानकारी दिएको छैन ।

एलजीको डुएल डिस्प्ले भएको यो पहिलो मोबाइल भने होइन । यसअघि दक्षिण कोरियाबाट एलजीले दुई वटा स्क्रिन भएको एलजी भी ५० मोडलको मोबाइल विश्वव्यापी रुपमा सार्वजनिक गरेको थियो ।

यो मोबाइललाई ३६० डिग्रीसम्म घुमाउन सकिने छ । सामसुङ ग्यालेक्सी फोल्ड स्क्रिनका कारण विवादमा रहेको अवस्थामा एलजीको फोल्डेबल स्क्रिन फोन यसका इच्छुकहरुका लागि विकल्पको रुपमा रहने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : १३ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग