सरकारले कार्यकर्ता पोस्ने काम गरेको कांग्रेस नेता पौडेलको आरोप « Khabarhub

सरकारले कार्यकर्ता पोस्ने काम गरेको कांग्रेस नेता पौडेलको आरोप


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको आरोप लगाएका छन् ।

पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा मंगलबार पोखरामा उनले सरकारले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए ।

दुई तिहाइ मतसहितको सरकारले मतको सदुपयोग गरेर जनतामा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै उनले भने, “अहिले देशमा निराशाको बादल छाएको छ । कम्युनिष्टको शासन हेरेर जनतामा असन्तोष फैलिएको छ । सरकार असफल भइसकेको छ ।”

डेङ्गुले देशका अस्पताल भरिँदासमेत सरकारले विशेषज्ञसहितको स्वास्थ्य सेवामार्फत रोग नियन्त्रण गर्ने काम गर्न नसकेको नेता पौडेलले जनाए ।

बीपीको आचरण र विचारलाई बुझेर कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले भने, “वास्तवमा बीपीले ठूलो कुरा गर्नु भएन । सबै नेपाली समान हुन् र दुनियाँमा कोही सानो ठूलो छैन भन्नुभएको छ । उहाँको विचारको अनुसरण गर्नु आवश्यक छ ।”

कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिँदै उनले काङ्ग्रेस हुँ भन्नेले रूखमा भोट दिए जीत सुनिश्चित हुने बताए ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले वृक्षरोपण गरेका थिए। काङ्ग्रेसको दोस्रो चरणको जनजागरण अभियान असोज ७ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै