मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ « Khabarhub

मालपोत कार्यालयका हाकिम आपत्तिजनक अवस्थामा पक्राउ


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख एक बिबाहित महिलाको घरबाट पक्राउ परेका छन् ।

स्थानीयको सूचनाका आधारमा प्रहरीले मालपोत कार्यालय बेलौरीका प्रमुख भोज बहादुर ऐडी पक्राउ परेका हुन् । मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मालपोत प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

महिलाका परिवारका सदस्यले दिएको उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) रण बहादुर चन्दले जानकारी दिए ।

प्रहरीले मालपोत प्रमुख ऐडी र महिलाका परिवारलाई बोलाएर छलफल गरेपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ११ : ०८ बजे

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय