विश्वकप छनोट : बलियो अस्ट्रेलियालाई नेपालको टक्कर « Khabarhub

विश्वकप छनोट : बलियो अस्ट्रेलियालाई नेपालको टक्कर



काठमाडौं -विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । अस्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अस्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो । अस्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल १ सय ६१ औ स्थानमा छ ।

युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडी सहित मैदान उत्रन लागेको घरेलु टोली अस्ट्रेलिया नेपालमाथि धेरै गोल गर्ने लक्ष्य राखेको छ ।

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगतको दोस्रो चरणको छनोट खेल्न लागेको नेपाल अघिल्लो बर्ष रसियामा सम्पन्न विश्वकप फुटबल खेलेर २०२२ को विश्वकपमा सहभागी हुने लक्ष्यसहित मैदानमा छ ।

फिफा वरियताको ४४ औं स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध नेपाली फुटबल टोली पनि आफ्नो परीक्षा सफल रुपमा सम्पन्न गर्ने लक्ष्यमा छ ।

नेपाली टोलीका कप्तान किरण चेमजोङले अस्ट्रेलियाविरुद्धको ९० मिनेटको समयमा सक्दो मेहनत गर्ने बताइसकेका छन् ।

‘घरेलु टोली अस्ट्रेलियाप्रति हाम्रो सम्मान छ । तर, खेलको ९० मिनेट मैदानमा रहँदा हामी केही गरेर फर्किने छौं,’ कप्तान किरणले भने, ‘नेपालका लागि अस्ट्रेलियाजस्तो बलियो टोलीसँग खेलन पाउनु सौभाग्यको कुरा हो ।’

नेपाली फुटबल विश्लेषक सञ्जिव मिश्रपनि नेपाली फुटबल टोलीले दबाबरहित मैदान उत्रिन सके नेपालले राम्रो नतिजा निकाल्न सक्ने बताउँछन् ।

‘अस्ट्रेलिया बलियो टोली हो भनेर नेपाली टोलीले आत्तीनु पर्ने अवस्था छैन् । हामीले उनीहरुसँग एकदमै राम्रो खेल्दा जित हात पार्न नसकेपनि अंक बराबरीसम्म गर्न सक्छ,’ मिश्रले भने,‘दबाब लिएर खेल्यो भने राम्रो नतिजा आउनुका सट्टा धेरै गोल खाने सम्भावना रहन्छ । सम्हालिएर खेलेर सकेसम्म राम्रो खेल्दै उनीहरुलाई दबाबमा राख्न सक्यो भने नेपाली फुटबलका लागि राम्रो संकेत हुनेछ ।’

पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको नेपालका लागि धेरै कुरा सिक्ने अवसर रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताइसकेका छन् ।

समूह बि मा रहेको नेपाल अंक तालिकामा चौथो स्थानमा रहेको छ । विश्वकप छनोटमा यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा जित हात पार्दा एक खेलमा हार व्येहोरेको छ ।

यता, अस्ट्रेलियाले भने एक खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । कुवेतसँग ७–० को हार व्येहोरेको नेपालले त्यसको ५ दिनपछि भएको चाइनीज ताइपेइविरुद्धको खेलमा २–० गाल अन्तरको उत्कृष्ट नतिजा हात पारेको थियो ।

ताइपेइविरुद्ध खेलेको जस्तै राम्रो नेपाली टोलीले खेले अस्ट्रेलियासँग अंक बराबरी गर्न हैसियत नेपाली टोलीले राख्ने विश्लेषक मिश्र बताउँछन् ।

पाहुना टोली नेपालले घरेलु टोलीविरुद्ध मैदानमा समर्थकको राम्रो साथ पाउनेहुँदा नेपाललाई त्यो हौसला बन्न सक्ने मिश्र बताउँछन् ।

‘पहिलो पटक अस्ट्रेलियासँग उसैको मैदानमा खेल्दा नेपालले ‘क्राउड’ राम्रो पाउँछ । नेपाल कमजोर टोली रहेको मानसिकताले गर्दा अस्ट्रेलियन समर्थक मैदान कमआउन सक्छन्,’ मिश्रले भने,‘अस्ट्रेलियामा धेरै नेपाली रहेकाले उनीहरुको उपस्थिती मैदानमा राम्रो रहन्छ । यो नेपालका लागि ‘एड्भान्टेज’ हुनसक्छ ।’

अस्ट्रेलियासँग खेल्न जानु अघि कप्तान किरणले अन्तर्राीष्ट्रय समूदायदलाई ‘गोर्खेज’ उपनामले बोलाउने गरेको उल्लेख गर्दै खेलको अन्तिम समयसम्म पनि हरेस नखाने बताइसकेका छन् ।

अस्ट्रेलियाविरुद्धको खेल लगत्तै नेपाली टोलीले अक्टोबर १५ अर्थात असोज २८ गते जार्डनविरुद्ध खेल्दैछ ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  १२ : २३ बजे

पूर्णबहादुरले हात उठाएपछि कस्तो होला सुर्खेत-१ को चुनावी अंकगणित ?

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति बनेका पूर्णबहादुर खड््काले

क्यानडाका प्रधानमन्त्री कार्नी भारत भ्रमणमा

नयाँ दिल्ली- क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल

चन्द्रपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित

चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा