विश्वकप छनोट– नेपालले खायो तेस्रो गोल « Khabarhub

विश्वकप छनोट– नेपालले खायो तेस्रो गोल


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ ।

खेलको छटौं मिनेटमा अस्ट्रेलियाका म्याकलेरेनले गोल गर्दै नेपाललाई १–० गोलले पछि पारेका थिए । उनले नै खेलको १९ औं मिनेटमा व्यक्तिगत दुई गोल गरेका थिए । यससँगै नेपाल शुरुवाती २० मिनेटमा नै २–० गोल अन्तरले पछि परेको थियो । २४ औं मिनेटमा नेपालले पुन अर्को गोल खाएको छ । नेपाल ३-० ले पछि परेको छ ।

नेपाली टोलीका स्टार खेलाडी नवयुग श्रेष्ठ र बिमल घर्ती मगर पहिलो रोजाइमा परेका छैनन् ।

उनीहरुको स्थानमा कालिनले युवा स्टार अभिषेक रिजाललाई अग्रपङ्तीको जिम्मा दिएका छन् ।

मिडफिल्डको जिम्मेवारीमा सुजल श्रेष्ठ, अन्जन बिष्ट, रोहित चन्द, विशाल राई र रवि पासवाङ रहेका छन् भने डिफेन्डरका रुपमा रञ्जीत धिमाल, देवेन्द्र तामाङ, अनन्त तामाङ र दिनेश राजवंशी छन् ।

यस्तै, गोलकिपरमा कप्तान किरण चेमजोङ रहेका छन । नेपाल अस्ट्रेलियासँग पहिलो पटक खेल्न लागेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ३ : ०९ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस