अस्ट्रेलियाविरुद्ध नेपाल– पहिलो हाफमा ३ गोलले पछि « Khabarhub

अस्ट्रेलियाविरुद्ध नेपाल– पहिलो हाफमा ३ गोलले पछि


२३ आश्विन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत दोस्रो चरणको छनोटमा अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेलमा नेपाली टोली पहिलो हाफमा ३–० गोलले पछि परेको छ ।

अस्ट्रेलियाले खेलको छैठौं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो भने त्यसको ठिक १३ मिनेटपछि अर्थात् १९ औं मिनेटमा म्याकलेरेन नै व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए ।

बलियो विपक्षीविरुद्ध उसैको मैदानमा नेपाली टोलीका खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै गोल रोक्ने प्रयास गरेपनि पुन २४ औं मिनेटमा नेपालले गोल खान पुग्यो ।

२४ औं मिनेटमा घरेलु टोलीका लागि डेब्यु ब्वाई ह्यारी सोउटरले गोल गर्दै ३–० गोलको अग्रता टिमलाई दिलाए । नेपालका कप्तान तथा गोलकिपर किरण चेमजोङ घरेलु टोलीविरद्ध राम्रो खेल पस्किरहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  ३ : ४१ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै