साग तयारीका लागि समिति संयोजक तोकिए « Khabarhub

साग तयारीका लागि समिति संयोजक तोकिए


२३ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद(साग) को तयारीका लागि पोखरामा विभिन्न समितिका संयोजकहरु चयन गरिएका छन् ।

काठमाडौँपछि सागको अर्को आयोजनास्थल पोखरामा आज बसेको तयारी समितिको पहिलो बैठकले सागलाई सफल र व्यवस्थित बनाउन विभिन्न १२ समितिका संयोजक चयन गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायतको उपस्थिति तथा प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं साग खेलकूद तयारी समिति पोखराका संयोजक नरदेवी पुन मगरको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकले खेलस्थल व्यवस्थापन समितिको संयोजकमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, अतिथि सत्कार संयोजकमा गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा प्रदेशसभा सदस्य दीपक कोइरालालाई तोकेको साग तयारी समिति पोखराका सचिव एवं प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

यस्तै समारोह व्यवस्थापन समितिको संयोजकमा तेज गुरुङ, प्रचारप्रसार तथा प्रकाशन संयोजकमा केशव पाठक, यातायात व्यवस्थापन संयोजक तोरण बानियाँ, आवास व्यवस्थापन संयोजक सूर्य भुजेल, सुरक्षा समिति संयोजक नेपाल प्रहरीका डिआइजी विनोद घिमिरे, स्रोतसाधन परिचालन संयोजक सञ्जीव कोइराला, खेल सामग्री उपकरण तथा पोशाक संयोजकमा सम्पन्न श्रेष्ठ, स्वयमसेवक परिचालन संयोजक विष्णु केसी, सोही समितिअन्तर्गत अतिथि सम्पर्क समिति संयोजक जगन गुरुङ, स्वास्थ्य समिति संयोजक डा.पदम खड्का रहेका छन् ।

नौ खेलका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट माग गर्नेसमेत बैठकले निर्णय गरेको छ । विभिन्न समितिलाई पूर्णता दिन तथा समितिका सचिवको रुपमा खेलकूदमा कार्यरत कर्मचारीलाई थप्ने निर्णय गरिएको कार्यालय प्रमुख योगीले जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार  ९ : १४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन