मेस्सीको ह्याट्रिकमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो « Khabarhub

मेस्सीको ह्याट्रिकमा बार्सिलोना शीर्ष स्थानमा उक्लियो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोनल मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

मेस्सीले एक गोल पेनाल्टीमा र फ्रिकिकमार्फत दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

सेल्टा भिगोका ओलाजाले ४२ औ मिनेटमा खेल बराबरीमा ल्याए । पहिलो हाफको ईन्जुरी समयमा गोेल गर्दै मेस्सीले पुन बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले ४८ औ मिनेटमा ह्याट्रिक पुरा गर्दै बार्सिलोनालाई ३–१ ले अघि पुग्यो ।

सर्जियो बुस्केटले ८५ औ मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका थिए ।

शीर्ष स्थानको बार्सिलोनाले १२ खेलबाट २५ अंक जोड्यो । दोस्रो स्थानको रियल मड्रिडसंग समान अंक भएपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । सेल्टा भिगो ९ अंक सहित रेलिगेशन जोनमै छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ४५ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण