सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन शुरु « Khabarhub

सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन शुरु


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन शुरु भएको हो ।

स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट ९ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिए ।

यसबाहेक सङ्घीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराएका थियो ।

२०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।

२२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पुर्‍याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुङ्गाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् ।

जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको केन्द्रका जीविकोपार्जन विज्ञ सुवास कुँवरले बताए ।

स्थानीय ताराखोलाको पानी दुई किलोमिटर कुलो हुँदै ११८ मिटर अग्लो पेनस्टक पाइपमार्फत टर्वाइनमा पुर्‍याइएको छ । दुई टर्वाइनमा प्रतिसेकेन्ड ४२३ लिटर पानी प्रवाह गरी विद्युत् उत्पादन गरिएको केन्द्रका प्राविधिक राजन आचार्यले जानकारी दिए ।

आयोजनाको लक्षित क्षेत्रमध्येमा केही क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको छ । आयोजनाबाट उत्पादन हुने सबै विद्युत् स्थानीयस्तरमा खपत नहुने अवस्थामा सो आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडने गरी स्विच यार्ड बनिरहेको बताए ।

धसामुदायिक स्वामित्वको मोडेलमा बनेको प्रवद्र्धक ताराखोला जलविद्युत् लिमिटेडमा स्थानीय १६ सय जना सेयर सदस्य रहेका छन् । आयोजना निर्माणका लागि सेयर स्वामित्वका साथै अन्य लगानी पनि सेयर सदस्यले नै जुटाएका हुन् ।

साना जलविद्युत् आयोजनाका रूपमा दोलखाको हलुवा खोलामा चार सय किलोवाट क्षमताको साना जलविद्युत् यसअघि नै बनिसकेको छ तर सो आयोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को अनुदानमा बनेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ०९ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय