माटाको घडामा राखेको पानी पिउँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा « Khabarhub

माटाको घडामा राखेको पानी पिउँदा स्वास्थ्यमा पुग्छ यस्तो फाइदा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पानी मानिसका लागि नभइ नहुने पेय पदार्थ हो । हाम्रो शरीरलाई पर्याप्त मात्रामा पानी आवश्यक पर्छ ।

बजारमा पाइने पानी स्वस्थकहरु हुँदैनन् । नियमित र शरीरलाई पुग्नेगरी पानी पिउने हो भने धेरै रोगहरु लाग्न पाउँदैनन् । शरीरमा भएका रोग पनि निर्मुल हुँदै जाने चिकित्सकहरु बताउँछन् ।

पानी पिउँदा रोगहरु नियन्त्रण हुने भए पनि बजारमा सफा पानी पाउन मुस्किल हुन्छ । प्लास्टिकका बोतलमा भरिएका र फ्रिजमा राखिएका पानीले स्वास्थ्यलाई असर पुर्‍याउँछ । फ्रिजमा राखिएको पानी पिउँनुभन्दा माटाको घडामा राखिएको पानि निकै लाभदायक हुने बताइन्छ ।

गाउँघरतिर पानी चिसो पार्न अझै पनि माटाको घडा (गाग्रो)मा  राख्ने चलन छ। शहरमा भने पानी चिसो पार्ने एक मात्र विकल्प भनेको फ्रिज हो। फ्रिजमा पानी चिसो बनाउन प्लास्टिकका बोतल राखिन्छन्, जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन्छन्। यसले धेरै किसिमका रोग निम्त्याउन सक्छ ।

फ्रिजको चिसो पानी पिउँदा घाँटी दुख्ने, टनसिलको समस्या देखिने र जोर्नीको समस्याले सताउन सक्छ। यसको विकल्पमा माटोको भाँडामा राखिएको पानी उत्तम मानिन्छ । माटोमा  रोगसँग लड्ने धेरैथरी क्षमता हुन्छन्। माटोको भाँडोमा राखेको चिसो पानी पिउँदा स्वास्थ्य सम्बन्धी कुनै समस्या उत्पन्न नहुने चिकित्सक बताउँछन् ।

माटोको भाँडामा राखेको अशुद्ध पानी पनि शुद्ध हुने गर्छ । यदि तपाईंलाई ग्यास वा एसिडिटी समस्या छ भने दैनिक माटोको घडाको पानी पिउनु निकै लाभदायक मानिन्छ । किनकी यसले पाचनक्रियालाई मजबुत बनाउँछ । पेटसम्बन्धी रोग नियन्त्रणमा समेत मद्दत पुर्‍याउँछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ०१ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले