बैतडीमा उपनिवर्वाचनको चहलपहल « Khabarhub

बैतडीमा उपनिवर्वाचनको चहलपहल


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो ।

वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए ।

यस्तै काङ्ग्रेसले सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस बैतडीका सचिव वीरबहादुर विष्टले बताए ।

उम्मेदवार टुङ्गो लागेसँगै नेकपा र काङ्ग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन् । यसका साथै साना दलहरुले पनि आफ्ना उम्मेदवारको टुङ्गो लगाउन आन्तरिक तयारी थालिरहेका छन् ।

यता, नेपाली काङ्ग्रेस बैतडीको जिल्ला पदाधिकारी बैठक सम्पन्न भएको छ । बैठकले उपनिर्वाचनका लागि मूल प्रचारप्रसार समिति गठन गरेको छ । पार्टी सभापति नरेन्द्र सिंह थापाको नेतृत्वमा ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको काङ्ग्रेस बैतडीका सचिव विष्टले जानकारी दिए ।

सुर्नया–१ मा सभापति थापा र सचिव वीरबहादुर विष्टको नेतृत्वमा प्रचारप्रसार गर्ने निर्णय भएको छ । दोगडाकेदार ४ मा जिल्ला उपसभापति चतुरबहादुर चन्द र सचिव प्रेम चन्द र पुर्चौडी–४ मा जिल्ला कोषाध्यक्ष रमेश पाण्डेय र सहसचिव कर्ण बोहराको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १० : ३१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले