भारत र बंगालादेशमा ‘बुलबुल’ चक्रवातको प्रभाव, नेपालमा असर पर्ला ? « Khabarhub

भारत र बंगालादेशमा ‘बुलबुल’ चक्रवातको प्रभाव, नेपालमा असर पर्ला ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुद्रिक चक्रवात ‘बुलबुल’ का कारण भारत र बंगालादेशमा हजारौं नागरिक प्रभावित भएका छन् ।

भारतको ओडिशा लगायतका स्थानमा बुलबुलले धेरै क्षति पु¥याएको छ । दुई जनाको चक्रवातका कारण ज्यानसमेत गुमाएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चक्रवातका कारण रुखहरु लड्दा ओडिसाका कयौं क्षेत्रमा यातायात प्रभावित भएको छ । अहिले यो चक्रवात उत्तर पूर्व तर्फ बढिरहेको र बंगलादेश तर्फ अघि बढिरहेको भारतीय मौसम विभागले जनाएको छ ।

चक्रवातका कारण कोलकता विमानस्थल नै अवरुद्ध भएको थियो ।

चक्रवातले शनिबार राति भारत र बंगलादेशको केही क्षेत्रमा भारी वर्षासमेत भएको थियो ।

बङ्लादेशको मौसम विभागका अनुसार १२० देखि १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण समुद्रमा उच्च छाल आउने जोखिम हुन्छ ।

बुल(बुल” बंगालादेश नजिक रहेको र यो प्रणालि हाल उत्तरपुर्वी दिशातर्फ बढ्ने देखिएको नेपालको मौसम विभागले जनाएको छ । तर यसको असर नेपालमा भने नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवात बंगलादेशको उत्तरपूर्वी भूभागबाट बाहिरिने भएकाले यसको असर नेपालमा पर्ने सम्भावना नभएको मौसमविभागको भनाइ छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : २५ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी