नेपाली महिला भलिबल टोलीले आज अफगानस्तानसँग खेल्दै « Khabarhub

नेपाली महिला भलिबल टोलीले आज अफगानस्तानसँग खेल्दै


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।

नेपाल र अफगानस्तानबीचको खेल ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे खेल्नेछ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको महिला टिम लामो समयदेखि नियमित प्रशिक्षणमा छ ।

केही समय अगाडिमात्रै थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएको महिला टिमले त्यहाँ रहँदा बलियो टिमसंग मैत्रीपूर्ण भलिबल खेलेको थियो ।

प्रतियोगितामा सहभागी हुन बंगलादेश पुगेको महिला टोलीले पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

कप्तान अरुणा शाहीले प्रतियोगिताको बलियो टोलीहरु रहेपनि राम्रो खेल्दै स्वर्ण जित्ने बताएकी छन् । प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन् ।

राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिम :
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : १० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी