नेपाली महिला भलिबल टोलीले आज अफगानस्तानसँग खेल्दै « Khabarhub

नेपाली महिला भलिबल टोलीले आज अफगानस्तानसँग खेल्दै


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेशमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।

नेपाल र अफगानस्तानबीचको खेल ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे खेल्नेछ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको महिला टिम लामो समयदेखि नियमित प्रशिक्षणमा छ ।

केही समय अगाडिमात्रै थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएको महिला टिमले त्यहाँ रहँदा बलियो टिमसंग मैत्रीपूर्ण भलिबल खेलेको थियो ।

प्रतियोगितामा सहभागी हुन बंगलादेश पुगेको महिला टोलीले पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

कप्तान अरुणा शाहीले प्रतियोगिताको बलियो टोलीहरु रहेपनि राम्रो खेल्दै स्वर्ण जित्ने बताएकी छन् । प्रतियोगितामा नेपाल सहित कीर्गिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान समावेश छन् ।

राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिम :
अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : १० बजे

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु