दयाहाङ र उपासनाको ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ यति करोड ! « Khabarhub

दयाहाङ र उपासनाको ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ यति करोड !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षकै ब्लकबस्टर फिल्म ‘कबड्डी ३’ ले ५१ औँ दिन मनाएको छ । व्यावसायिक हिसाबले समेत धमाकेदार व्यापार गर्न सफल यो फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो ।

शनिवार राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायण हलमा फिल्म ५१ औँ दिनमा प्रदर्शनमा आएको हो । फिल्मले ५१ औँ दिनमा आइपुग्दा १४ करोड ग्रस कलेक्सन गरेको वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ ।

‘कबड्डी’ सिरिजका फिल्ममध्ये यति धेरै कमाउन सफल यही भाग बनेको छ । निर्माण टिमले फिल्मको चौँथो सिरिज पनि बन्ने जनाइसकेको छ ।

यस वर्ष प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी ३’ यस वर्ष ५१ औँ दिन मनाउने तेस्रो फिल्म बनेको छ । यद्यपि केही प्रतीक्षित फिल्म रिलिजमा र रिलिज हुन बाँकी छन् ।

कलेक्सनका हिसाबले भने ‘कबड्डी ३’ नै यस वर्ष अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणि नेपाल, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

स्किृप्ट सशक्त हुँदा दर्शकले यो फिल्म मन रुचाएका छन् । कमेडी विधामा निर्माण भएको यो फिल्ममा रामबाबु गुरुङको निर्देशन छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : ४४ बजे

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म डेजको