उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारका लागि हेलिकोप्टर चार्टर « Khabarhub

उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारका लागि हेलिकोप्टर चार्टर


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले बाग्लुङ–२ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई उम्मेदवारी फिर्ताका लागि हेलिकोप्टरबाट सदरमुकाम लगेको छ ।

घर्तीलाई हेलिकोप्टर चार्टर गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय लगिए पनि उम्मेदवारी फिर्ता गर्न भने नेकपा सफल भएन ।

बुर्तिमावाङस्थित होटल दरबारबाट हेलिकोप्टरमा राखेर घर्तीलाई सदरमुकाम लगिएको हो । तर, उम्मेवादरी फिर्ताका लागि दिइएको निर्धारित समय भित्र निर्वाचन अधिकृतको कार्यालयमा पुग्न नसक्दा घर्तीको उम्मेदवारी फिर्ता हुन सकेन ।

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म थियो । बागी उम्मेदवार घर्ती भने १ बजेर २० मिनेटमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

बाग्लुङ २ (ख) को उपनिर्वाचनमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीलाई प्रदेशसभा सदस्य उम्मेदवार बनाएको छ ।

घर्तीको उम्मेदवारी फिर्ता नभएसँगै चुनावी गठबन्धन गरेका नेकपा र जनमोर्चाबीच खैलाबैला मच्चिएको छ । उपनिर्वाचनमा जनमोर्चालाई उक्त क्षेत्र छाड्ने केन्द्रीय तहमा भएको सहमतिपछि नेकपाका स्थानीय कार्यकर्ता भने आक्रोसित बनेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ३ : ५३ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न