जब राजेश हमाल धोती कुर्ता लगाएर वीरगञ्ज पुगे... | Khabarhub Khabarhub

जब राजेश हमाल धोती कुर्ता लगाएर वीरगञ्ज पुगे…


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता राजेश हमालले दर्शकबाट ‘महानायक’ को उपाधि पाएका छन् । पछिल्लो समय फिल्ममा खासै नदेखिए पनि उनको क्रेज भने घट्दो छैन । ‘सप्तरंग २’ मार्फत सातै प्रदेशमा घुम्न लागेका हमाल शनिवार वीरगञ्ज पुगेका थिए ।

विर्तामोडपछि वीरगञ्ज पुगेका हमालको यहाँ पनि क्रेज देखिएको छ । वीरगञ्जमा हमालले धोती कुर्ता लगाएका थिए । त्यहाँ उनले लगाएको पोशाकले हमालका फ्यान खुशी भएका छन् । मधेशी फ्यानहरुले वीरगञ्ज आउँदा धोती लगाएको भन्दै धन्यवाद दिएका छन् ।

उनका फ्यानले मधेशीको पहिरनलाई आत्मसात् गर्दै धोती कुर्तालाई सम्मान दिएको भन्दै खुशी व्यक्त गरेका छन् । हमालले पनि हामी सबै नेपाली भएको बताएका छन् ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा आयोजना गरिएको ‘सप्तरंग २’ सात प्रदेशका ७ शहरमा जाँदैछ । सात कलाकारको टिम यतिबेला प्रदेश नम्बर ३ मा पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ४ : ५७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’