जुवा खालबाट पक्राउ परेका मेजरलाई सेनाले लगायो प्रहरीको जिम्मा « Khabarhub

जुवा खालबाट पक्राउ परेका मेजरलाई सेनाले लगायो प्रहरीको जिम्मा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा खालबाट पक्राउ परेका सेनानी (मेजर) राजेन्द्र शाहीलाई नेपाली सेनाले प्रहरीसमक्ष उपस्थित गराएको छ ।

नेपाली सेनाद्वारा प्रधानमन्त्रीको सुरक्षाका लागि खटाइएका शाही कात्तिक १५ गते जुवा खालबाट पक्राउ परेका थिए ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले शाहीसहित ७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीको टोलीले शाही समेत सहभागी जुवाको खालबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरेको थियो ।

जुवा खालबाट पक्राउ परेका शाहीलाई प्रहरीले सेनाको जिम्मा लगाएको थियो ।

शाहीमाथि थप अनुसन्धानका लागि भन्दै प्रहरीले उपस्थित गराइदिन भन्दै सेनालाई पत्राचार गरेको थियो ।

प्रहरीको पत्रअनुसार शाहीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर बृत्त महाराजगञ्जमा उपस्थित गराइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले गल्ती गर्ने जुसुकैलाई पनि कानूनबमोजि कडा कारबाही गरिने पनि जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने