जुवा खालबाट पक्राउ परेका मेजरलाई सेनाले लगायो प्रहरीको जिम्मा « Khabarhub

जुवा खालबाट पक्राउ परेका मेजरलाई सेनाले लगायो प्रहरीको जिम्मा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा खालबाट पक्राउ परेका सेनानी (मेजर) राजेन्द्र शाहीलाई नेपाली सेनाले प्रहरीसमक्ष उपस्थित गराएको छ ।

नेपाली सेनाद्वारा प्रधानमन्त्रीको सुरक्षाका लागि खटाइएका शाही कात्तिक १५ गते जुवा खालबाट पक्राउ परेका थिए ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले शाहीसहित ७ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीको टोलीले शाही समेत सहभागी जुवाको खालबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरेको थियो ।

जुवा खालबाट पक्राउ परेका शाहीलाई प्रहरीले सेनाको जिम्मा लगाएको थियो ।

शाहीमाथि थप अनुसन्धानका लागि भन्दै प्रहरीले उपस्थित गराइदिन भन्दै सेनालाई पत्राचार गरेको थियो ।

प्रहरीको पत्रअनुसार शाहीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर बृत्त महाराजगञ्जमा उपस्थित गराइएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले गल्ती गर्ने जुसुकैलाई पनि कानूनबमोजि कडा कारबाही गरिने पनि जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : १६ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६