डा.केसीको स्वास्थ्य अवस्था जटिल, सुरक्षित स्थानमा सार्न अस्पतालको आग्रह « Khabarhub

डा.केसीको स्वास्थ्य अवस्था जटिल, सुरक्षित स्थानमा सार्न अस्पतालको आग्रह


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डडेल्धुरामा १७ औं अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको जनाउँदै जिल्ला अस्पताल डडेल्धुराले सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्ने जनाएको छ ।

निजी घरबाट डडेल्धुरा जिल्ला अस्पतालमा भर्ना गरिएका डा. केसीको सातौं दिन पुग्दा स्थास्थ्य अवस्थता थप जटिल बनेको अस्पतालले जनाएको हो ।

अस्पतालले आज विज्ञप्ति जारी गर्दै उनको स्थास्थ्य अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको जनाएको हो । डडेल्धुरा अस्पतालमा उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी सेवा, दक्ष जनक्ति र उपकरण अभावका कारण उनलाई सुरक्षित स्थानमा सार्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

डा. केसीको अवस्था जटिल बन्दै गएको र अस्पतालको क्षमताभन्दा बाहिर गएको बखत अस्पतालबाट कुनैपनि किसिमको जटिलता व्यवस्थापन गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी १७ औं अनसन डडेल्धुरामा पुगेर बसिरहेका छन् ।

यसैबीच, डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै डडेल्धुरमामा आइतबार मसाल जुलुस निकालिएको छ।

डडेल्धुरा सदरमुकाम बागबजारमा नागरिक समाजको अगुवाइमा मसाल जुलुस निकालिएको हो। केसीका समर्थकहरुले आइतबार डडेल्धुरामा सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा समेत रोक लगाएका थिए।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार