६ जनाले डेब्यु गरेको खेलमा नेपाली महिला भलिबल टोली विजयी « Khabarhub

६ जनाले डेब्यु गरेको खेलमा नेपाली महिला भलिबल टोली विजयी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा अफगानस्तानमाथि शानदार जित हात पारेको छ ।

बंगलादेशमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा अफगानस्तानसँग खेलेको नेपाली महिला भलिबल टोलीले अफगानस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

अरुणा शाहीको नेतृत्वमा रहेको नेपाली टोलीले अफगानस्तानमाथि दबदबा राख्दै २५–४, २५–९ र अन्तिम सेटमा अफगानस्तानलाई २५–६ को सोझो सेटमा पराजित गरेको हो ।

नेपाली महिला टोलीका ६ जना खेलाडीले अफगानस्तानविरुद्ध राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरे । जसमा लिब्रो सलिना श्रेष्ठसँगै निरुता ठगुन्ना, जानकी भण्डारी, सुनिता खड्का, पुनम चन्द र सोफिया पुनले डेब्यु गरे ।

अब नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ भने मंगलबार आयोजक बंगलादेश र बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ५० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार