६ जनाले डेब्यु गरेको खेलमा नेपाली महिला भलिबल टोली विजयी « Khabarhub

६ जनाले डेब्यु गरेको खेलमा नेपाली महिला भलिबल टोली विजयी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीले एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा अफगानस्तानमाथि शानदार जित हात पारेको छ ।

बंगलादेशमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा अफगानस्तानसँग खेलेको नेपाली महिला भलिबल टोलीले अफगानस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

अरुणा शाहीको नेतृत्वमा रहेको नेपाली टोलीले अफगानस्तानमाथि दबदबा राख्दै २५–४, २५–९ र अन्तिम सेटमा अफगानस्तानलाई २५–६ को सोझो सेटमा पराजित गरेको हो ।

नेपाली महिला टोलीका ६ जना खेलाडीले अफगानस्तानविरुद्ध राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरे । जसमा लिब्रो सलिना श्रेष्ठसँगै निरुता ठगुन्ना, जानकी भण्डारी, सुनिता खड्का, पुनम चन्द र सोफिया पुनले डेब्यु गरे ।

अब नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ भने मंगलबार आयोजक बंगलादेश र बुधबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ५ : ५० बजे

राष्ट्रिय महिला भलिबलमा एपीएफको लगातार दोस्रो जित

काठमाडौँ- विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल

पश्चिम सेतीमा हाम फालेका व्यक्तिको शव फेला

काठमाडौँ- पश्चिम सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला

नेकपा एमालेको केन्द्रिय समिति बैठक माघ २९ गते बस्ने

काठमाडौँ- निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको

अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसाल्यो, चीनद्वारा असन्तोष व्यक्त

काठमाडौँ- अमेरिकाले चिनियाँ जासुसी बेलुन आन्ध्र महासागरमा खसालेको छ ।

एक महिना लामो स्वस्थानी व्रत आइतबार सम्पन्न

काठमाडौँ- एक महिना लामो स्वस्थानी व्रत आइतबार समापन भएको छ