अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि हुने | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन बुधबारदेखि हुने


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशियाली ब्याडमिन्टन महासंघको सहयोगमा नेपालमा पहिलो पटक “योनेक्स – सनराईज नेपाल ईन्टरनेशनल च्यालेन्ज २०१९” हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरी ब्याटमिन्टन बुधबारदेखि काठमाडौंमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाललगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले कुल ५ विधामा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तथा महिला एकल तथा युगल र मिश्रित युगलतर्फ प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पुरुष एकलमा विश्व बरियतामा ५८ औं स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने महिला एकलमा ३८ औं बरियताकी खेलाडीले प्रतिस्पर्धा गर्ने छिन् । यस्तै पुरुष युगलमा २७ औं, महिला युगलमा ३३ औ र मिक्स युगलमा ४४ औं स्थानका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

करिब ६८ लाख ७५ हजार अनुमानित लागत रहेको च्यालेन्जमा २५ हजार डलर पुरस्कार राशी रहेको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्ले २० लाख, योनेक्स सनराईजले ६ हजार, ब्याडमिन्टन एशियाले ११ हजार डलर सहयोग गर्ने र बाँकी रकम ब्याडमिन्टन खेलप्रेमी संघसंस्था र ब्यक्तिहरुबाट सहयोग जुटाईनेसमेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

च्यालेन्जमा पुरुष तथा महिला एकलतर्फ विजेताले नगद १८, ७५ युएस डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३६२.५० डलर, अन्तिम ८ प्रवेश गर्नेले १५९ डलर तथा अन्तिम १६ मा प्रवेश गर्नेले ८७.५० डलर प्राप्त गर्नेछन् ।

यस्तै पुरुष/महिला तथा मिश्रित युगल तर्फका विजेताले १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेस्रोले ३ सय ५० डलर, अन्तिम ८ मा प्रवेश गर्नेले १ सय ८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर प्राप्त गर्नेछन् ।

खेलाडी तथा अफिसियलको खाने बस्ने ब्यवस्था आयोजक आफैले गर्नेसमेत संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : २५ बजे

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो, १०५ आगलागीका घटना

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका