नेप्से परिसूचक आइतबार ओरालो « Khabarhub

नेप्से परिसूचक आइतबार ओरालो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ ।

साताको पहिलो दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.१८ विन्दुले घटेर एक हजार १३१.८० विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने झिनो अङ्कले सुधार भएको छ । सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४९.०१ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोबार रकममा भने अपेक्षित सुधार देखिएको छ । कूल १६३ कम्पनीको १० लाख आठ हजार ८०९ कित्ता शेयर रु २९ करोड ३१ लाख ४९ हजार ४४ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.२६, होटल १५.०१, विकास बैंक २.१५, जलविद्युत् ७.२, जीवन बीमा ३९.३७ र सामूहिक लगानी कोष ०.११ विन्दुले घटेको छ ।
यस्तै वित्त ०.६८, निर्जीवन बीमा २.८३, उत्पादन ९.६७, अन्य ५.६८ र लघुवित्त ४.०१ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर कूल रु पाँच करोड ७४ लाख ३१ हजार ७१९ मा कारोबार भयो । यस्तै प्रभु बैंक रु दुई करोड ७५ लाख ४७ हजार ८३२, नेपाल बैंक रु दुई करोड ११ लाख १४ हजार ९९०, माछापुच्छ्र«े बैंक रु एक करोड १३ लाख ५५ हजार १३०, एनआइसी एशिया बैंक रु एक करोड सात लाख ९२ हजार ८६ र नबिल बैंकको शेयर रु ७६ लाख ७४ हजार ४४१ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाउँदा युनियन हाइड्रो पावर ३.८५, खानीखोला हाइड्रोपावर ३.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था २.९०, गुर्खाज फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । त्यस्तै रैराङ हाइड्रो पावर ४.८०, तारागाउँ रिजेन्सी होटल ३.५५, सिन्धु विकास बैंक ३.१७, पाँचथर पावर ३.१२ र अरुण काबेली पावरका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ३७ बजे

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर