गगन थापाले लेखे– चिच्याएर भनौं डा.केसीको जीवन रक्षा गर ! « Khabarhub

गगन थापाले लेखे– चिच्याएर भनौं डा.केसीको जीवन रक्षा गर !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले १७ औं पटक अनसनमा बसेका डा. गोबिन्द केसीको जीवनरक्षा गर्न सरकारलाई खबरदारी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने र उनको जीवन रक्षा गर्नुपर्ने जनाएका छन् ।

उनले लेखेका छन्– डा.गोविन्द केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि ! यो संघर्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो । सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीज्यू लाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ, डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर !

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै डडेल्धुरा अस्पतालले आजै विज्ञप्ति जारी गर्दै उनलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ । डा. केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नागरिक समाजले समेत दिनहु आन्दोलन गर्दै आएका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघले पनि डा. केसीको स्वास्थ्य अवस्था नाजूक भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै नेपाल सरकार र सरोकारवाला निकायले डा. केसीसँग यथाशीघ्र छलफल गरी जायज माग सम्बोधन गर्न आग्रह गरेको छ ।
डा. केसीका माग समयमै सम्बोधन नगरिए डा. केसीको जीवन रक्षाका लागि कडा कदम चाल्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम