मसाल जुलुस निकाल्ने नेबिसंघका कार्यकता पक्राउ | Khabarhub Khabarhub

मसाल जुलुस निकाल्ने नेबिसंघका कार्यकता पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको भूमि अतिक्रमणको विरोधमा मसाल जुलुसमा निस्किएका नेबिसंघका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ काठमाडौंको प्रदर्शनमी मार्गमा नेबिसंघका विद्यार्थीले मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेको हो ।

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रहरीले नेविसंघका प्रेम शाही, सैलेन्द्र गौडेल, सुरज सेजुवाल, पन्कज सुवेदी, लक्ष्मी सिलवाल, अशोक विस्ट, अनुराग साह, बलराम ढकाल, सन्जिव ढकाल, शिखर खड्का, मनिष खड्का, सुरज नेपाल र मनोज बास्तोलालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेविसंघका कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत ठाउँ परेको भन्दै विरोधका कार्यक्रम हुँदै आएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : १७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको