सात लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ | Khabarhub Khabarhub

सात लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले विराटनगर महानगरपालिका-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योति कुमार साह र भारत अररिया जोगबनी बस्ने १९ वर्षीय विक्की कुमार साहलाई पक्राउ गरेको हो ।

सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा ३ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त रकम भारत अररिया जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाख १ सय रुपैयाँ पाउने गरेको खुल्न आएको छ ।

उनीहरूलाई आइतबार थप अनुसन्धान तथा कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : १२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता