२ सय ८ वटा म्यानपावर कम्पनी कालो सूचीमा, ५० भन्दा धेरै खारेज हुँदै (सूचीसहित) « Khabarhub

२ सय ८ वटा म्यानपावर कम्पनी कालो सूचीमा, ५० भन्दा धेरै खारेज हुँदै (सूचीसहित)


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले २ सय ८ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको छ ।

वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने, विदेशमा अलपत्र परेका श्रमिक समयमा उद्धार नगर्ने, विदेशी कामदार पठाउदाँ धेरै पैसा असुली गर्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरी कारवाहीको प्रक्रिया सुरु गरिएको विभागले जानकारी दिएको छ ।

हाल विभागले कालोसूचीमा राखी काम रोक्का गरिएका म्यानपावर कम्पनीले ऐनअनुसार सवै प्रक्रिया पूरा गरे उनीहरुको रोक्का फुकुवा गर्ने वैदेशिक रोजगार ऐनमा कानूनी व्यवस्था भएको विभागले जनाएको छ ।

म्यानपावरले विरुद्ध आर्थिक ठगी, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्को काम पठाएको, नक्कली डिमाण्डमा झुक्याएर विदेश पठाएको, सरकारले तोकेभन्दा तीन गुणा बढी रकम कामदारसँग लिएको, समस्यामा परेका कामदारको उद्धार गर्ने चासो नदिएको र म्यानपावरका शाखा कार्यालयबाट एजेन्टले ठगी गरेको भन्दै पीडित विभागमा धाउने गरेका छन् । यसरी श्रमिकलाई दुःख दिने म्यानवारलाई कालोसूचिमा राखेर काननुनी कारवाही गर्ने गरेको विभागका प्रवक्ता भोला गुरागाँईले बताएका छन् ।

विभागले गत आर्थिक वर्षदेखि पीडितको उजुरीलाई आधार मानेर म्यानपावरको काम कारवाही रोक्का गर्ने गरेको निर्देशक गुरागाँईले बताए ।

‘पीडितले दिएको मुद्धाको आधार हेरेर म्यानपावरलाई कालोसूचिमा राख्ने गरेको छ । विभागको आग्रह नमान्ने म्यानपावरको तत्काल कामकारी रोक्का गरेर कारवाही अगाडि बढाइन्छ’, उनले भने, ‘रोजगार पीडितले विभागमा उजुरी गरेपछि विभागले सुरुमा म्यानपावरलाई समस्या समाधान गर्ने आग्रह गर्छ । विभागको पत्रलाई वेवास्ता गर्ने म्यानपावरलाई कालोसूचिमा राखेर कारवाही अगाडी बढाइन्छ । विभागले सामान्य उजुरीलाई एकै दिनमा समाधान गर्ने थालेको छ ।’

कामकारवाही रोक्का गरिएका म्यानपावरले रोक्का फुकुवा नगरेसम्म कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका काम गर्ने नपाउने ऐनमा व्यवस्था छ । ऐनमा व्यवस्था भएअनुसार कामकारवाही रोक्का गरिएका म्यानपावरले पूर्व र अन्तिम श्रम स्वीकृति निकाल्न पाउँदैनन् । यसरी कारवाहीमा परेका म्यानपावरको डिमाण्ड प्रमाणिकरण समेत कुटनीतिक नियोगबाट नहुने गरेको विभागले जनाएको छ ।

विभागले ऐनमा उल्लेख भएअनुसार कागतजागत पेश नगर्ने म्यानपावरको पनि काम कारवाही रोक्का गरेको छ । विभागले पटक पटक कामदार पठाएको, म्यानपावरमा काम गर्ने कर्मचारी विवरण नबुझाउने र पुराना मुद्दा फरफारक नगर्ने म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरेको जानकारी दिएको छ ।

यसरी कालोसूचिमा परेका मध्ये करिब ५० भन्दा धेरै म्यानपावर कम्पनी खारेज हुनसक्ने विभागले जनाएको छ । ठुला आर्थिक ठगी गर्ने, धेरै श्रमिक रोजगारीमा पठाएर विदेशमा अलपत्र पार्ने म्यानपावर खारेज हुनसक्ने विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका क्रममा कामदारलाई समस्या पार्ने म्यानपावर कम्पनीका काम कारवाही रोक्का गरे कारवाही प्रक्रिया अगाडि बढाउने गरेको विभागका प्रवक्ता गुरागाँईँले जानकारी दिए ।

विभागले धेरै संख्यामा कामदारलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको कामकारवाही पनि रोक्का गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ४१ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र