कश्मीरमा बिहे गर्दैछन् रणवीर र आलिया ! « Khabarhub

कश्मीरमा बिहे गर्दैछन् रणवीर र आलिया !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रणवीर कपूर र आलिया भट्टको निकटता झनभन्दा झन् बढ्दै गएको छ । बलिउडमा यी दुईको जोडीको खुबै चर्चा हुने गर्छ ।

रणवीर र आलियाको परिवार पनि यी दुईको बिहेका लागि राजी भएको छ । परिवार चाहन्छन् कि, यो जोडीको छिटोभन्दा छिटो बिहे होस् ।

त्यसो त रणवीर र आलियाले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुरा गर्ने गरेका छैनन् । तर, प्रेममा भएको संकेत छोडेका छन् । अर्कातिर दुवैको बिहे हुने चर्चा चलेको छ ।

आलिया र रणवीरको सन् २०२० मा विवाह बन्धनमा बाँधिन लागेको चर्चा चलेको छ । भारतीय मिडियाका अनुसार यी दुईले २०२० मै बिहे गर्नेछन् । जुन बिहे बलिउडको चर्चित बिहेमध्ये एक हुनेछ ।

मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन्, कश्मीर आलियालाई खुबै मन पर्ने ठाउँ हो । उनी मेघना गुलजारको फिल्म ‘राजी’ को छायांकनका बेला त्यहाँ गएकी थिइन् । आलियालाई फिल्म शूटिङका बेला यो ठाउँ मन परेको थियो ।

आलियाले कश्मीरमा बिहे गर्न चाहेकोमा रणवीर पनि खुशी छन् । मिडियाका अनुसार दुवै यतिबेला आ–आफ्नो फिल्मको छायांकनमा व्यस्त छन् ।

छिट्टै नै दुवैले समय मिलाउनेछन् र बिहेको खबर सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ४ : ४८ बजे

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको