कश्मीरमा बिहे गर्दैछन् रणवीर र आलिया ! | Khabarhub Khabarhub

कश्मीरमा बिहे गर्दैछन् रणवीर र आलिया !


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रणवीर कपूर र आलिया भट्टको निकटता झनभन्दा झन् बढ्दै गएको छ । बलिउडमा यी दुईको जोडीको खुबै चर्चा हुने गर्छ ।

रणवीर र आलियाको परिवार पनि यी दुईको बिहेका लागि राजी भएको छ । परिवार चाहन्छन् कि, यो जोडीको छिटोभन्दा छिटो बिहे होस् ।

त्यसो त रणवीर र आलियाले आफ्नो प्रेम सम्बन्धका बारेमा खुलेर कुरा गर्ने गरेका छैनन् । तर, प्रेममा भएको संकेत छोडेका छन् । अर्कातिर दुवैको बिहे हुने चर्चा चलेको छ ।

आलिया र रणवीरको सन् २०२० मा विवाह बन्धनमा बाँधिन लागेको चर्चा चलेको छ । भारतीय मिडियाका अनुसार यी दुईले २०२० मै बिहे गर्नेछन् । जुन बिहे बलिउडको चर्चित बिहेमध्ये एक हुनेछ ।

मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन्, कश्मीर आलियालाई खुबै मन पर्ने ठाउँ हो । उनी मेघना गुलजारको फिल्म ‘राजी’ को छायांकनका बेला त्यहाँ गएकी थिइन् । आलियालाई फिल्म शूटिङका बेला यो ठाउँ मन परेको थियो ।

आलियाले कश्मीरमा बिहे गर्न चाहेकोमा रणवीर पनि खुशी छन् । मिडियाका अनुसार दुवै यतिबेला आ–आफ्नो फिल्मको छायांकनमा व्यस्त छन् ।

छिट्टै नै दुवैले समय मिलाउनेछन् र बिहेको खबर सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ४ : ४८ बजे

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो

आहा ! फुङ्फुङ्गे झरना

फुङ्लिङ– जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै

चक्रपथ विस्तार : महाराजगञ्ज–चप्पल कारखाना सडक (फोटोफिचर)

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगञ्ज–चप्पल कारखाना सडक विस्तार

पशुपतिनाथको नागमणि प्रदर्शन

काठमाडौं– पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्री प्रदर्शनमा

सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

सर्लाही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थप