युएई पठाइदिने भन्दै युवासँग रकम अशुल्ने ओशो रिक्रुटिङ्ग म्यानपावारमा विभागको छापा « Khabarhub

युएई पठाइदिने भन्दै युवासँग रकम अशुल्ने ओशो रिक्रुटिङ्ग म्यानपावारमा विभागको छापा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले शान्तिनगरमा रहेको ओशो रिक्रुटिङ्ग एजेन्सीमा छापा मारेको छ ।

संयुक्त अरब इमिरेट्समा रोजगारीमा युएई जान लागेका एक युवासँग २ लाख ५ हजार लिंदै गर्दा रङ्गेहात म्यानपावरबाट नगद रकम वरामद गरेको विभागले जानकाी दिएको छ ।

युएईको इमिरेट्स कम्पनीमा लाइट ड्युटी ड्राइभर पदमा जानको लागि म्यानपावरले २ लाख ३० हजार माग गरेको पीडित युवासँग दिएको विभागका सूचना अधिकारी भोला गुरागाँईले जानकारी दिएका छन् ।

श्रम स्वीकृति भए पश्चात म्यानपावरले पैसा नदिएसम्म टिकट नदिने भन्दै हप्तौं सम्म कुराएपछी म्यानपावर विरुद्ध विभागमा उजुरी दिएको उनले बताए ।

पीडित युवाको उजुरीका आधारमा विभागको अनुगमन टोली बुधाबर म्यानपावर कम्पनीमा पुग्दा म्यानपावरका अपरेशन म्यानेजरले ती युवाबाट लिएको २ लाख ५ हजार रकम गन्दै गर्दा उक्त रकम जफत गरिएको हो । म्यानपावरले यस अघि भिषा प्रक्रियाका लागि भन्दै २० हजार रकम लिइसकेको पाइएको विभागले जनाएको छ ।

रकम अशुल्ने म्यानपावर कम्पनी सञ्चालक सहित रकम लिने दुई कर्मचारीलाई विभागमा उपस्थित हुन पत्र काटिएको छ । घटनाको थप अनुसन्धान गरि पीडितलाई सरकारले तोकेको लागतमै विदेश पठाउने ग्यारेन्टी गरि म्यानपावरलाई कारवाही गरिने विभागले जनाएको छ ।

पछिल्लो समय विभागले युवासँग तोकिएको लागत भन्दा बढी शुल्क लिने एजेन्ट तथा म्यानपावर विरुद्ध कारवाही प्रक्रिया तीब्र बनाउदै लागेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल