कमेडी च्याम्पियन: चर्चामा सुमन कोइराला « Khabarhub

कमेडी च्याम्पियन: चर्चामा सुमन कोइराला


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  पछिल्लो समययता नेपालमा रियालिटी शोको लोकप्रियता बढ्दो छ । केही हप्तादेखि कमेडी रियालिटी शो कमेडी च्याम्पियन प्रदर्शनमा आएको छ । च्याम्पियनमा हास्य क्षेत्रमा मौका खोजिरहेका कमेडियनले सहभागिता जनाएका छन् ।

शोको चर्चा बढ्दै छ । मनोज गजुरेल, सन्तोष पन्त, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा छन् ।

इटहरीका सुमन कोइरालाको पनि चर्चा भइरहेको छ । ‘कमेडी च्याम्पियन’ को ‘टप–१५’ मा परेका सुमनको कमेडी शैलीलाई लिएर दर्शक उत्साहित भएका छन् । सुमन पनि कमेडी च्याम्पियनमा आफ्नो कला देखाउन पाउँदा खुशी व्यक्त गर्छन् ।

उनको प्रस्तुतिले निर्णायकलाई पनि खुशी तुल्याएको छ । उनको हास्य चेत र चोटिलो प्रहारलाई धेरैले रुचाएका छन् । निर्णायकले पनि सुमनले प्रस्तुत गर्ने विषयवस्तुलाई लिएर तारिफ गर्ने गर्छन् ।

एकै विषयवस्तुमा धेरै कुरा अटाउने उनको खुबीको तारिफ हुने गरेको छ ।

आयोजकले यो शो दर्शकले छोटो समयमा नै मन पराउँदै गएको बताएको छ । आफूलाई मन पर्ने प्रतिस्पर्धीलाई मोबाइलमा इसेवा एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

नेपालमा पहिलोपटक शुरु भएको यो खाले कमेडी शोले चर्चा पाइरहेको छ । शोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् भने रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गरिरहेकी छिन् ।

कमेडी च्याम्पियन हुने विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : २६ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार