‘टाइम वर्ष व्यक्ति’ बनिन् १६ वर्षीय ग्रेटा « Khabarhub

‘टाइम वर्ष व्यक्ति’ बनिन् १६ वर्षीय ग्रेटा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ ।

वर्ष व्यक्ति दौडमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पार्दै ग्रेटा वर्ष व्यक्ति बनेकी हुन् ।

टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । ग्रेटाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्य विश्वभरी चर्चित बनेको थियो ।

ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसी वर्ष व्यक्तिको अन्तिम दश जनाको सूचीमा परेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ४७ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष