‘टाइम वर्ष व्यक्ति’ बनिन् १६ वर्षीय ग्रेटा « Khabarhub

‘टाइम वर्ष व्यक्ति’ बनिन् १६ वर्षीय ग्रेटा


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जलवायु परिवर्तन अभियन्ता १६ वर्षीया ग्रेटा थनवर्गलाई चर्चित टाइम म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेको छ ।

वर्ष व्यक्ति दौडमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्क जुकरबर्क लगायतलाई पछि पार्दै ग्रेटा वर्ष व्यक्ति बनेकी हुन् ।

टाइम म्याजिनले वर्ष भरीमा सबैभन्दा प्रभावकारी काम गर्नेलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । ग्रेटाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्य विश्वभरी चर्चित बनेको थियो ।

ग्रेटा, ट्रम्प, सी, जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि ह्विसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसी वर्ष व्यक्तिको अन्तिम दश जनाको सूचीमा परेका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ७ : ४७ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम