नेप्से बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो « Khabarhub

नेप्से बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.११ अङ्कले बढेर एक हजार १६१.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.६९ अङ्कले बढेर २५५.१९ मा रोकिएको छ । परिसूचक बढेसँगै कारोवार रकममा पनि उल्लेख्य सुधार आएको छ ।

स्टकका अनुसार आज कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर रु ५५ करोड १३ लाख ७७ हजार ८५२ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये उत्पादन उपसमूहको शेयरमात्र ओरालो लागेको छ ।

सो उपसमूहको शेयर ३०.३२ अङ्कले घटेको छ । बैंकिङ ४.२७, व्यापार २९.५६, होटल २२.७९, विकास बैंक १६.८, हाइड्रोपावर ६.२, फाइनान्स ६.२४, निर्जीवन बीमा ११३.१३, अन्य ५.१४, माइक्रोफाइनान्स ५७.०८, जीवन बीमा ७९.२८ र सामूहिक लागनी कोषको शेयर ०.०२ अङ्कले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा आज नेपाल बङ्गलादेश बैंक लिमिडेटको संस्थापक शेयर शीर्षस्थानमा रह्यो । सो बैंकको शेयर रु छ करोड ४१ लाख ६१ हजार ६४८ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल बैंक लिमिटेडको रु तीन करोड ६ लाख ९४ हजार २४८, लुम्बिनी विकास बैंकको रु दुई करोड ८७ लाख चार हजार २४०, एनएमबी बैंक लिमिटेडको रु दुई करोड ७२ लाख ३६ हजार ६४० र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर रु दुई करोड दुई लाख ५० हजार ८९६ मा खरिदबिक्री भयो । नेप्से दोहोरो अङ्कले बढे पनि युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा बढी गुमाए । सो कम्पनीका लगानीकर्ताले ३.९५ प्रतिशतले गुमाए ।

यस्तै युनिभर्सल पावर कम्पनी लिमिटेड ३.८९, नेपाल बैङ्गलादेश बैंक लिमिटेड (संस्थापक) ३.३८, सिटिजन म्युचुअल फन्ड–१ का शेयरधनीले १.८३ र माछापुछ्रे बैंकका लगानीकर्ताले १.७८ प्रतिशतले गुमाए ।

आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी कमाए । सो संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाउँदा डिप्रोक्स लघुवित्त वित्तीय संस्था ९.९५, युनाइटेड इन्सुरेन्स कम्पनी नेपाल र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.८७, नयाँ नेपाल लघु वित्त विकास बैंक ९.८६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले ८.०७ प्रतिशतले कमाए ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ८ : १३ बजे

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा

महेश बर्तौलाको टिप्पणी : चार महिनामै गणपूरक संख्या नपुग्नु ‘भयंकर संसदीय लज्जा’

काठमाडौं- नेकपा एमालेका पूर्वप्रमुख सचेतक एवम् नेता महेश बर्तौलाले नयाँ

स्थानीय तह निर्वाचन केन्द्रित गतिविधिमा जुट्यो रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद

अमेरिकी हेलिकप्टरले होर्मुजमा कार्गो जहाजमाथि मिसाइल प्रहार गरेको दाबी

एजेन्सी– स्टेट अफ होर्मुजमा अमेरिकी नाकाबंदी तोड्ने प्रयास गर्ने कार्गो